Loading... आजः ७ असार २०८३, आईतवार । Sunday 21st June 2026
ताजा खबर
  

जहाँ मानिसलाई जिउँदै गाड्ने गरिन्छ

क्यूवा |

 देश अनुसार भेष भनेझै हरेक समुदाय र ठाउँ अनुसार नै परम्परा र संस्कृति भिन्न हुन्छन्। आज हामी एक यस्तै परम्पराबारे जानकारी गराउँदैछौं। जो सुन्दा अपत्यारिलो लाग्छ। यो अनौठो परम्परामा जिउँदो मानिसलाई गाड्ने गरिन्छ।

क्यूवामा बुजी फेस्टिबलका नामले यो प्रथा निकै चर्चित छ। यो पर्वमा जिउँदो व्यक्तिलाई गाड्ने गरिन्छ। कुनै एक व्यक्तिलाई ताबुतमा बन्द गरिन्छ र उसलाई सहरको सडकमा घुमाइन्छ।

ताबुतको पछिपछि उसका आफन्त र मित्रजनसमेत कैयौं मानिसहरुको भीड हिँड्ने गर्छ। सबै मानिसहरु रक्सीको मदहोसमा ताली बजाउँदै नाच्ने गर्दछन्। यतिमात्र होइन, सेतो कपाल फुलेकी एक महिला ताबतभित्र रहेका व्यक्तिकी विधुवा बन्ने गर्छिन्।

खबर अनुसार क्वूवामा यो पर्व पछिल्लो ३६ वर्षदेखि मनाउँदै आइएको छ। यसको नाम ब्यूरियल अफ पचैन्चो हो। हुन त यो पर्व कसैलाई जिउँदै गाड्नका लागि हुन्छ। तर, माहोल हेर्दा कुनै विवाहको तामझामभन्दा कम हुँदैन।

यो पर्वको सुरुवात १९८४ मा भएको थियो। यसलाई स्थानीय कार्निभल समाप्त हुने र एक नयाँ जन्मको संकेतका रुपमा मनाइने गरिएको छ। एजेन्सी