सन्ध्या तिवारीको ‘एमाले’ खोसियो
गोपाल किरातीको पार्टी नाम र चिह्न गायब
काठमाडौं ।
निर्वाचन आयोगले गोपाल किराती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई खारेज गरेको छ ।
साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई सर्वोच्च अदालतले मान्यता नदिई पूर्वपार्टीकै हैसियतमा कायम गरिदिएपछि पछि दर्ता भएका किराती र तिवारीको पार्टीलाई खारेज गरेको हो ।
एमाले र माओवादी केन्द्र एकीकरण भएपछि ती दुबै नाम खाली भएका थिए । खाली भएको नेकपा माओवादी केन्द्र नाममा पार्टी दर्ता गर्दा गोपाल किरातीले गोलाकारभित्रको हसिया हथौडा चुनाव चिह्न राखेका थिए, जुन नेकपा माओवादी केन्द्रकै चुनाव चिह्न थियो ।
सन्ध्या तिवारीले भने पार्टीको चुनाव चिह्नमा डाँडामाथिको सूर्य राखेकी थिइन् ।






