Loading... आजः २८ बैशाख २०७८, मंगलवार । Tuesday 11th May 2021

सुर्खेतमा पनि राखियो नेकपा एमालेको बोर्ड

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा नेकपा एमालेले आफ्नो पार्टी कार्यालय स्थापना गरेको छ । सुर्खेतले मंगलबारदेखि जिल्ला पार्टी कार्यालय खुलाएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताइदिएपछि नेकपा एमालेले आफ्नो कार्यालय खोलेको हो ।


वीरेन्द्रनगरस्थित पार्टी कार्यालयको प्राङ्गणमा नाचगान गर्दै एमाले समर्थकले ‘केपी ओली जिन्दावाद, एमाले पार्टी जिन्दावाद’, आई लभ यू केपी बा लगायतका नारासमेत लगाएका थिए । पार्टी कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्विरसमेत राखिएको छ ।

नेकपा एमालेका प्रदेश कमिटी सदस्य ताराप्रसाद देवकोटाले आफ्नो पार्टी एमाले नै भएको र अदालतले पार्टी पुनःस्थापना गरिदिएकाले आफुहरु उत्साहित भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सबैलाई समेटेर एमालेलाई एकताबद्ध बनाउनुबाहेक अरु विकल्प छैन ।’

एमाले जिल्ला कमिटी सचिव मोहन बडुवालले विगतमा भएका सम्पूर्ण गतिविधिलाई यथावत राखी पार्टीलाई एक बनाउन लागिपर्ने प्रतिबद्धता जनाउनु भएको छ । सबै नेताहरुसँगको छलफलपछि जिल्लास्थित एमालेका सबै कमिटीको बैठक राख्ने उहाँको भनाई छ ।