Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

कर्णालीमा हामफाल्ने चारको शब भेटियो, एक अझैं बेपत्ता

सुर्खेत ।
दैलेखको आठबिस नगरपालिका–३ निमायलकी सुकी बडुवालले आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हाम फालिन् । गाउँबाट माइत जान भनि हिडेकी उनले कर्णालीमा हाम फालेको कुरा बाहिर आएपछि प्रहरी प्रशासन र स्थानीयहरु खोजि कार्यमा जुटे । हिजो अवेर उनका दुई छोरीहरुको शब भेटियो भने आज ३५ वर्षीया आमा सुकी बडुवाल र उनको ८ वर्षीय छोरा ललितको शव पनि फेला परेको छ । प्रहरी र स्थानीयको बिहानैदेखिको खोजिका कारण साँढे ११ बजे आमा छोराको शव फेला परेको प्रहहीले जनाएको छ ।

sushil khadka

कर्णाली नदीमा हाम फालेकी सुकिसहित दुई छोरी र एक छोरा सहित चार जनाको शव फेला परिसकेको छ भने पाँच वर्षीया छोरी रजनी बडुवालको अहिलेसम्म पत्ता लाग्न सकेको छैन । आमा वर्ष ३५ की सुकी बडुवाल, छोरी वर्ष ११ की सरिता, र वर्ष १४ की कल्पना, छोरा वर्ष ८ का ललित बडुवालको शव भेटिएको प्रहरीले जनाएको छ ।

यसैबीच पाँच जनाको आत्महत्या भएको खबर सँगै कर्णाली प्रदेशका डिआइजी वसन्तकुमार पन्त घटनास्थलमा पुगेका छन् । घटनाको विस्तृत अध्ययन गर्न घटनास्थल पुगेको डिआइजी पन्तले बताउनु भयो ।

आमा सुकीले छोरालाई आफुसँगै कपडाले बाधेर नदीमा हाम्फालेको प्रहरीले अनुमान गरेको छ भने उनका श्रीमान मान बहादुर बडुवाल प्रहरी नियन्त्रणमा लिएको छ । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सुकीले सोमबार श्रीमानसँग झगडा परेपछि चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेको हुनसक्ने पूर्व अनुमान छ । वडाध्यक्ष प्रयागबहादुर शाहीका अनुसार सुकी बडुवाल आइतबार राति नै घरबाट छोराछोरीसहित निस्किएकी थिइन् ।