ओली–नेपाल भेटवार्ता हुँदै
काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच वार्ता हुने भएको छ । पार्टीको आन्तरिक विवाद उत्कर्शमा पुगेको बेला दुई नेताबिच सोमबार धुम्बाराहीमा छलफल हुन लागेको हो ।
छलफलमा ओली पक्षबाट प्रधानमन्त्री ओली र ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेलसहितका नेता सहभागी हुनुहुनेछ भने नेपाल पक्षबाट नेता नेपाल र झलनाथ खनालसहितका नेता सहभागी हुने जनाइएको छ ।







