Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

माओवादी केन्द्र संसदीय दलको बैठक बस्यो

सुर्खेत ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कर्णाली प्रदेशको संसदीय दलको पहिलो बैठक बसेको छ । कर्णालीमा माओवादी केन्द्रका १३ सदस्य रहेको संसदीय दलको पहिलो बैठकमा माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित ८ र समानुपातिक ४ गरी १२ जना सांसद सहभागी थिए ।


मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको दलको बैठकमा सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए । नेकपा एमालेको एक पक्षले १० जना सांसदको हस्ताक्षरसहित चैत पाँच गतेदेखि लागू हुने गरी सर्मथन फिर्ता लिने निर्णय गरेपछि उत्पन्न राजनीतिक विषयमा छलफल भएको प्रमुख सचेतक सीता नेपाली जानकारी दिइन् ।

‘बैठकमा मुख्यमन्त्रीले परिवर्तित राजनीतिक परिस्थिति र दलले खेल्नुपर्ने भूमिकाबारे निर्देशन गर्नुको साथै सहभागी माननीयहरूले आ–आफ्नो धारणा राख्नुभयो,’ प्रमुख सचेतक सीता नेपालीले भनिन् ।

दलको विधान संशोधनको मस्यौदा तयारी गर्न प्रमुख सचेतक नेपालीको संयोजकत्वमा गणेश प्रसाद सिंह र रातो कामी सदस्य रहेको ३ सदस्यीय समिति निर्माण गरिएको छ । शुक्रबारदेखि शुरू भएको दलको बैठक केही दिनका लागि स्थगित गरिएको छ ।