दैलेखमा बाघ र रेडपाण्डाको छालासहित आठ जना प्रकाउ
दैलेख |
प्रहरीले दैलेखको नारायण नगरपालिका – ३ खुर्सानीबारी पिपलचौताराबाट बाघ र रेडपाण्डा हाब्रेको छालासहित आठ जना पक्राउ गरेको छ । नौमुले बजारबाट दैलेख बजार हुँदै सुर्खेत लैजान लागिएको अवस्थामा तीन वटा रेडपाण्डा र एक बाघको छालासहित आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बोलेरो गाडीमा आउँदै गरेको बेला शनिबार बिहान २ बजेतिर उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त इञ्चार्ज प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए ।
पक्राउ पर्नेमा नौमुले गाउँपालिकाका ३३ वर्षीय कविराम अधिकारी, ३३ वर्षीय धनबहादुर पुरी, ४५ वर्षीय हस्तबहादुर थापा, २२ वर्षीय दलबहादुर खत्री, ५१ वर्षीय धनबहादुर मगर र गाडी चालक १९ वर्षीय रोशन बस्नेत रहेका छन् ।
यस्तै छिमेकी गाउँ भगवतीमाई गाउँपालिकाका २७ वर्षीय गोबिन्द थापा र ५६ वर्षीय धनबहादुर रावत पनि पक्राउ परेका छन् । पक्राउ परेका सबैजना विरुद्ध वन्यजन्तु ओसारपसार कसूरमा मुद्दा लगाइएको डिभिजन बन कार्यालय दैलेखले जानकारी दिएको छ ।






