Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

गजलकारहरुले गजलमै आगो ओकले

सुर्खेत ।
नेपाली साहित्य क्षेत्रमा पछिल्लो समयमा गजल विधाले निकै लोकप्रियता बनाएको छ । साविक मध्य तथा सुदुर पश्चिम भन्ने वित्तिकै नेपाली गजलको स्वादका लागि गजल पारखीहरु आत्तिने गर्दछन् । तिनै गजल पारखीहरुको प्यास मेटाउनका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाले आयोजना गरेको दोस्रो श्रृङ्खला काव्य यात्रा ‘क’ मा तीन गजलकारहरुले गजलमै आगो ओकलेका छन् ।


कोहोलपुर बाँकेका गजलकार कपिल अञ्जान, अछामका गजलकार कमल संघर्ष र दैलेखका गजलकार महेश के. भट्राईले गजल वाचन गर्दै गर्दा दर्शक दीर्घाबाट ‘वान्स मोर’ का आवाजहरु ठूल्ठूलो स्वरमा आउने गर्दथे ।

गजलको क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल यी गजलकारहरुले गजल वाचन गरिरहँदा प्रमुख अतिथिको आशनमा बसिरहनु भएका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा.डा. नन्दबहादुर सिंह र विशेष अतिथिको आशनमा बसिरहनु भएका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रजिष्टार डा. महेन्द्रकुमार मल्ल पनि गजलका शेरहरुसँगै हौसिने गर्नुहुन्थ्यो ।

कार्यक्रममा विश्वविद्यालयका उपकूलपति प्रा.डा. सिंहले विश्वविद्यालय भाषा र साहित्यका क्षेत्रमा गरेका कार्यहरुको चर्चा गर्दै आउँदा दिनहरुमा पनि विश्वविद्यालयले आफ्नो तर्फबाट गर्न सक्ने कार्यमा हातेमालो गर्ने बताउनु भयो । कर्णाली भाषा र साहित्यको क्षेत्रमा धनी भएकोले यहाँको साहित्यलाई देश विदेशमा चिनाउन सकिएको खण्डमा कर्णालीले आफ्नो पहिचान जोगाउन सक्ने उहाँको भनाई थियो ।
आफ्नो मन्तव्यको क्रममा विशेष अतिथि डा. महेन्द्रकुमार मल्लले नेपाली भाषा साहित्यको क्षेत्रमा विश्वविद्यालय साहित्य समाजले पु¥याएको योगदानको खुलेर प्रशंसा गर्नुभएको थियो । विश्वविद्यालयले प्रविधि, ज्ञान, विज्ञानका साथै भाषा र साहित्य समेत सिकाउने भएकोले विश्वविद्यालयले साहित्यको क्षेत्रमा समेत लगानी गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

कार्यक्रमलाई सफल बनाउनका लागि आर्थिक, भौतिक सहयोग गर्दै कार्यक्रमलाई प्रायोजनहरु तथा साहित्यप्रेमीहरुलाई धन्यवाद दिँदै आयोजक संस्थाका अध्यक्ष भरत धमलाले यस्ता कार्यक्रमहरुको निरन्तरता दिँदै जाने बताउनु भयो ।

कार्यक्रम मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाजका अध्यक्ष भरत धमलाको अध्यक्षतामा भएको थियो भने सहजीकरण महासचिव भीम थापाले गर्नुभएको थियो ।