भौतिक पुर्वाधार मन्त्रि थापालाई गृह जिल्लामा भब्य स्वागत
सुर्खेत ।
कर्णाली प्रदेश सरकारका नव नियुक्त भौतिक पुर्वाधार मन्त्रि अम्मर बहादुर थापा आज आफ्नो गृह जिल्लामा आउनु भएको छ । भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी बहन गरे पश्चात आफ्नो गृह जिल्ला पहिलो पटक आउनु भएको हो ।
सो समयमा जिल्लाबासीले ढिलै भए पनि मन्त्रि पद प्राप्त गरेको खुसियालीमा भब्य स्वागत गरेका छन् । मन्त्रि थापालाई सुर्खेतबाट दैलेख सम्म आउने क्रममा सडक खण्ड अन्तर्गत पर्ने सबै पालिकाहरुले स्वागत गर्नुको साथै सफल कार्य कालको शुभकामना ब्यक्त गरेका छन् ।
यसै क्रममा जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आफ्नै कार्यलयमा भब्य स्वागत गर्नुको साथै जिल्लाका महत्वपुर्ण सडक खण्डको चाडै स्तरउन्नती गर्नु पर्नेमा जोड दिन अनुरोध गर्नु भएको थियो ।
स्वागतकै क्रममा नारायण नगर पालिका वार्ड नं. १ को कार्यालयले बिशेष कार्यक्रम आयोजना गरी स्वागत गरेको वार्ड अध्यक्ष तिर्थ नारायण श्रेष्ठले बताउनु भयो ।
उक्त स्वागत कार्यक्रममा मन्त्रि थापाले “अहिलेको समय प्रचारात्मक नभई काम गर्ने समय भएकोले अवको तीन महिना पछी मात्र बिकासको अनुभति दिलाउने प्रतिबद्धता समेत जनाउनु भएको थियो “। उक्त कार्यक्रममा कर्णाली प्रदेशका माननिय सांसद शुशिल थापा समेत उपस्थित हुनु भएको थियो । जिल्लाले पहिलो पटक मन्त्रिपरिषदको मन्त्रि पाएकोमा हामी हर्सोउल्लास भएको उक्त कार्यक्रमका सहभागीले बताए ।






