Loading... आजः ११ आश्विन २०८३, आईतवार । Sunday 27th September 2026

कर्णाली प्रदेश सभाका चार सांसदको पद खोसियो

सुर्खेत ।
कर्णाली प्रदेश सभामा फ्लोर क्रस गर्ने चार जना प्रदेश सभाका सदस्यहरुको पद रिक्त भएको छ । कालिकोट निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित कुर्मराज शाही, दैलेख निर्वाचन क्षेत्र नं. १ (ख) बाट निर्वाचित अमरबहादुर थापा, सल्यान निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित प्रकाश ज्वाला र डोल्पा निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित नन्दसिंह बुढाको प्रदेश सभा सदस्य पद रिक्त भएको हो ।

प्रदेश सभाको सातौ अधिवेशनको दोस्रो वैठकमा कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले उनीहरुको पद रिक्त भएको बताउनु भएको हो । नेकपा एमालेले उनीहरुलाई फ्लोर क्रस गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेपछि उनीहरुको प्रदेश सभा सदस्यको पदबाट निलम्बन गर्न संसद सचिवालयलाई एमालेले जानकारी गराएको सभामुख शाहीले जनाएका छन् ।

उनीहरुको पद रिक्त भएपनि कर्मराज शाही, अमर बहादुर थापा र नन्दसिंह बुढा प्रदेश सरकारका मन्त्रीमा नियुक्त भइसकेका छन् । यस अघि दल परिवर्तन गरेका कारण दैलेख निर्वाचन क्षेत्र नं. १ (क) का सदस्य धर्मराज रेग्मीको समेत प्रदेश सभा सदस्य पद रिक्त भएसकेको थियो ।