एक मिनेट पनि चलेन कर्णाली प्रदेश सभाको चौथो बैठक
सुर्खेत ।
कर्णाली प्रदेश सभाको सातौ अभिवेशनको चौथो बैठक एक पनि चल्न सकेन । सभामुख राजबहादुर शाहीले बैठकको सुरु भएको जानकारी गराएसँगै नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका गुलाव जंग शाहले आपत्ति जनाए ।
त्यसपछि उनलाई बोल्न सभामुखले समय दिए । उनले भने, बाहिर निषेधाज्ञा छ । जनता कोरोनाका कारण हैरानी खेपिरहेका छन् । यस्तो अवस्थामा हामी प्रदेश सभा कसरी संचालन गर्न सक्छौ ।’
उनले त्यसो भनेपछि एमाले र राप्रपाका सांसदहरु उठेर विरोध जनाएपछि अर्को सूचना नभएका सम्मका लागि बैठक स्थगित भएको सभामुख शाहीले जानकारी गराएसँगै बैठक एक मिनेट पनि नचलेर स्थगीत भएको हो ।







