Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

देशभर थप ५७२७ जनामा कोरोना संक्रमण, ९२८ संक्रमणमुक्त

काठमाडौं  ।

पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३९१ जनाका पिसिआर र ५२५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा  पाँच हजार ७२७ जनालाई संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख २३  हजार १८७  पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ३८ हजार ८१३  पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर ९२८ जना संक्रमणमुक्त भएका छन् ।  हालसम्म २ लाख ८१ हजार ९५ संक्रमित निको भइसकेका छन् ।

देशभर ५५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।