देशभर थप ७६६० जनामा कोरोना संक्रमण
काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर थप सात हजार ६६० जना संक्रमित पुष्टि भएका छन् ।
१६ हजार १ सय ३१ जनाको पिसिआर र ५७१ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ६६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुल संक्रमितमध्ये हाल ५९ हजार ७९८ जना सक्रिय संक्रमित छन्। हाल २५३ जना संक्रमित क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा एक हजार ७७५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएकाको संख्या पनि हालसम्मकै उच्च हो ।
यो सहित नेपालमा मृतकको संख्या ३ हजार ४१७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ८९३ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।






