Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

‘एक दिन एक कला कृति’ अन्तर्गत शिशिरको ३०४ औं कृति पोष्ट

सुर्खेत ।
कलाकार विक्रम शिशिरले २०७७ असार २३ गतेदेखि सुरु गरेको ३६५ दिने च्यालेन्ज अथवा ‘एक दिन एक कला कृति’ सोसल मिडियामा पोस्ट गर्ने क्रममा ३०४ औ कृति वा ३०४ दिन पुरा गरिरहँदा अथवा च्यालेन्जका रूपमा (महामारीमा बमबारी) नामक कलाकृति पोष्ट गर्नुभएको छ । वर्तमानमा प्यालेस्टाइन र इजरायल बिच घमासान युद्ध भैरहेको छ । जसको कारण गाजापट्टीमा सैयौं जन धनको क्षति भएको छ भने इजरायलको सैन्य कारवाहीको क्रममा हमास बिद्रोहीको कार्यालय रहेको तेह्र तले भवन निसानामा परेको थियो ।

No description available.
यसैगरी कोरोना महामारीका कारण २०७६ चैत्र ११ गतेदेखि हाम्रो देशमा लकडाउन भएको थियो । यस महामारीको प्रभाव नेपाल लगायत संसार भरि बिकराल रूपमा फैलिरहेको छ । त्यसैको सेरीफेरीमा सामाजिक संजाल ब्लोगरमा ३६५ दिने च्यालेन्जको प्राप्त सुचनालाई आधार बनाएर आफ्नो च्यालेन्ज स्वीकार गरेर शिशिरले निरन्तरता दिँदै आउनु भएको हो । यो र त्यो समय उस्तै उस्तै छ । बिचमा केही महिना जनजीवन सामान्य बन्दै गइरहेको थियो तर ०७८ बैसाख १५ देखीफेरि कोरोना महामारी नियन्त्रण गर्न सरकारले निषेधाज्ञा लगाएको छ ।
यस् च्यालेन्जमा कोरोना महामारीका कारण भयभीत जनजीवन प्रभावित समुदाय बर्ग क्षेत्रमा शिशिरका सृजना बोलेका छन् । त्यसैगरी प्रकृति, दैविप्रकोप, मानवीय संवेदना, वातावरण, समाज, सरकार, सिमाना, संकट, परिवर्तन, परिवार, नैतिक, आनन्द, जिम्मेवारी बिसंगति, समय, समाधान, सरोकार, शिक्षा, नारी, संवेदना, सौन्दर्य, बिचार, विश्वघटना, जनचेतना, युद्ध, जलवायु परिवर्तन, संस्कार, मिलन, प्रेम विश्वास, कूल, माटो, जननी जन्मभूमि जस्ता बिषयमा उहाँले आफ्नो च्यालेन्ज मोल्नुभएको छ । अब छिट्टै यो च्यालेन्जको समापन हुँदैछ ।

No description available.

लकडाउनलाई अवसरको रूपमा लिएर हाम्रा बालबालिकाको प्रतिभालाई प्रस्फुटन गर्न गतवर्ष लकडाउनकै सिलसिलामा ‘कोहलपुरमा कला’ भन्ने नारासहित हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कला बिभागले कोहलपुरमा १५ दिने च्यालेन्ज गरेर यहाँका कलाकार र रूचि राख्ने भाइ बहिनीलाई कोरोनासंग लड्न सक्ने क्षमता बृद्धि हुने मनोबल बढ्न सकोस् उनीहरुको कला क्षमता अभिबृद्धि होस् भन्ने हेतुले सो कार्यक्रम संचालन गरिएको विक्रम शिशिरले बताउनु भयो । उक्त च्यालेन्जमा कोहलपुर र आसपासका कलाकार बालकलाकार सहित साहित्यकारहरूले पनि सहभागिता रहेको थियो ।

No description available.
कला, साहित्य तथा अन्य सृजनात्मक कृयाकलापले कोरोनासंग लड्न सक्ने क्षमतामा सहयोग गर्ने हुनाले तमाम अभिभावक शिक्षकहरुले आफू र आफ्नो बालबालिकाको मानसिक स्वास्थ्य राख्न चित्रकला पनि एउटा महत्वपूर्ण पाटो हो भन्ने कुरालाई मध्यनजर गर्दै सृजनात्मक अनुष्ठान मध्य महत्वपूर्ण अनुष्ठान हो चित्रकला । भनिन्छ नि सामान्य मान्छेको आँखाले नलेखिने कुरा कलाकारले आफ्नो चित्रकला मार्फत जनमासमा देखाउन सक्ने क्षमता राख्दछ । शिशिर भन्नुहुन्छ, ‘सकेसम्म पुस्तक पढ्ने गरौं, आफ्नो रूचीको बिषयमा अध्ययन गरौं आफ्ना बालबालिकाको अतिरिक्त क्षमताको आधारमा सहयोग गरौ । वृद्ध बा आमालाई राम्रो स्याहार गरौं र आसपास सफा राखौं । छरछिमेकमा के भैरहेको छ सम्पर्कमा रहौं । नेपाल सरकारको निति अबलम्बन गर्दै कोरोना महामारीबाट बच्न र बचाउन लकडाउनको पूर्ण पालना गरौ ।’ उहाँले थप्नुभयो सूचना र सञ्चारको क्षेत्रबाट ३६५ दिने च्यालेन्ज बिस्तृत रुपमा जनमानससम्म पु¥याउन सहयोगीको भूमिका निर्वाह गर्ने क्वीकखबर डटकमलाई हार्दिक धन्यबाद ।

No description available.
२०६१ सालमा नेपाली चलचित्र शिर्षकमा बृहत कला प्रदर्शनी भय पछि २०६४साल बाट टिकट सिस्टमले नेपाल आर्ट काउन्सिल बबरमहलमा एक ब्यक्ति एक कलाकृति प्रदर्शनी भएको थियो । त्यसपछि मात्र नेपाली कलाकारहरूमा कला प्रदर्शनीको व्यापकता व्यावसासिकताको उठान भएको मानिन्छ । त्यस पछि विभिन्न समयमा राजधानी हुँदै मोफसलका कलाकारहरूमा पनि सामुहिक वा एकल चित्रकला प्रदर्शनीको विकाश भएको हो ।

बिक्रम शिशिर हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेका कला बिभाग प्रमुख हुनुहुन्छ ।

No description available.