Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कोरोना संक्रमणबाट १९३ जनाको मृत्यु, ७,९१४ संक्रमित थपिए

काठमाडौं ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये २ हजार ८२१ काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका १७८१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।