Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

थप ६६५३ जनामा कोरोना संक्रमण, १०१ संक्रमितको मृत्यु

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ६५३  जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार १८२ जनाको पिसिआर र  ६ हजार ६३१  जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

देशभर ९७ हजार ६९९ जना संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिलो २४ घण्टामा  ८ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।

देभभर ७५५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।