Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

राउटे युवतीलाइ हाेटलमा लिएर दुर्व्यवहार

हाेटल सञ्चालकसहित तीन जना पक्राउ

सुर्खेत ।

राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल संञ्चालक सहित तिन जनालार्इ प्रकाउ गरेको छ। ती युवतीलाइ युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनिहरुलाई प्रकाउ गरेको हो।

राउटे युवतीलाइ हाेटलमा लिएर दुर्व्यवहार, हाेटल सञ्चालकसहित तीन जना पक्राउ

प्रकाउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ बर्षका चमन घर्ती (जाेगी), २४ बर्षका भुपेन्द्र बुढा र २९ बर्षका होटल संञ्चालक बिनोद पुन रहेको प्रहरी चौकी मेहेलकुनाले जनाएको छ।

भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयले तत्काल अनुसन्धान गरी कारवाहीको माग गरेका छन।

पछिल्लो समय सामाजिक सञ्जाल युटुव, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरु माथी दुव्र्यवहार हुन थालेको छ।

भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरुबाट राउटे युवती दुव्र्यवहारको सिकार भएका हुन।

घटनाको बिषयमा थप अनुसन्धान भर्इरहेको प्रहरीले जनाएको छ। यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं. ११ आँपसोती जनैघाटस्थित भेरी नदिमा बसाई सरेका हुन।

भिडियाेमा के छ ?

राउटे समुदायका दुई युवतीलाई होटलमा मदिरा खुवाएर यौन दुर्व्यवहार गर्नुका साथै भिडियो बनाएर फेसबुकमार्फत सार्वजनिक गर्ने गुर्भाकोट नगरपालिका–९ भुल्केका चमन घर्ती (जोगी)सहित तीन जना रहेका छन् । उनिहरूलाई पक्राउ गरि अनुसन्धान भैरहेकाे सुर्खेत प्रहरीले जनाएको छ।

सार्वजनिक भिडियोमा होटलको एक कोठामा सुरुमा चमन र दुई राउटे युवती देखिन्छन्। ति मध्ये एउटी राउटे युवतीलाई चमनले ‘श्रीमती’ भनेर सम्बोधन गरेका छन्। दुबै जना राउटे युवतीहरु मदिराले लट्ठ देखिन्छन्। राउटे युवतीसँगै सुतेका चमनले थप मदिराको माग गरेको देखिन्छ।

राउटे युवतीलाई मदिरा सेवन गराएर यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएसँगै जिल्ला प्रहरी कार्यालय सुर्खेतले चमनसहित भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पक्राउ गरेको छ।

युट्युव, टिकटकलगायतका सामाजिक सञ्जालमा भाइरल राउटे समुदायका युवतीमाथि पछिल्लो समय दुर्व्यवहार बढ्दै गएको छ। युट्युव, टिकटक बनाउने नाममा राउटे बस्ती पुग्नेहरुले उनीहरुलाई मदिरा सेवन गराउने, अश्लिल शब्दहरु बोल्न लगाउने, यौन दुर्व्यवहार  गर्नेलगायतका नराम्रा कामहरु गर्ने गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र भट्टले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेहरुलाई पक्राउ गरिएको र थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान टोली राउटे बस्तीमा पठाइएको बताए। ‘बस्तीमै पुगेर प्रहरीले थप अनुसन्धान गर्छ,’ उनले भने, ‘पक्राउ परेकाहरुलाई के कारबाही गर्ने भन्ने स्थलगत अनुसन्धानबाट खुल्छ।’