बिधुतकाे राष्ट्रिय प्रसारण लाइन कालिकोटमा जोडियो
कालिकाेट |
कालिकाेट सदरमुकाममा समेत सोलार बत्तिको धिपिधपि उज्यालोमा जीवन गुजारा चलाई रहेका कालिकोटबासी अब राष्ट्रिय प्रसारण लाईनको झिलिमिलि उज्यालोमा रमाउने छन ।
हालका मुख्यमन्त्री महेन्द्र बहादुर शाही उर्जामन्त्री हुदा कालिकोटलाई राष्ट्रिय प्रसारण लाईनमा जोड्न बजेट बिनियोजन गरेर ठेक्का अाह्वान गरेका थिए । साठी दिनको उर्जामन्त्रीको अवसर पाएका हालका कर्णाली प्रदेशका मुख्यमन्त्रीले अाफ्नो गृह जिल्ला लाई राष्ट्रिय प्रसारण लाईनमा जोड्न बजेट बिनियोजन गरेर ठेक्का अाह्वान समेत गरेका थिए ।
कालिकोट जिल्लामा रहेको एक मात्र साना जलबिधुत अायोजना पोदमारामा वर्षेनि बाढि पहिरो कहिले ट्रर्वाइन मेसिनमा खराबि हुने गरे पछि पटक पटक वर्षौ कालिकोट बासिले अन्धकारमै बस्नु पर्यो , कति सरकारी सेवा पनि नागरिकले सहज पाउन सकेन सञ्चार माध्यमले प्रसारण अबधि घटाउनु पर्यो ,टेलिकमका सञ्चार प्रबिधिमा उर्जा नहुदा ईमेल ईन्टर नेट चलेन, बैकल्पिक उर्जामा सरकारी कार्यालयले ठूलो बजेट खरिदमा खर्चनु पर्यो , यी सबै सेवा जिल्ला राष्ट्रिय प्रसारण लाईनमा जोडिए संगै अब देखि सहज सुचारू हुने भएका छन ।
कालिकोटमा २४ गते देखि राष्ट्रिय प्रसारण लाईनमा जोडिएको हो । तत्कालिन मुख्यमन्त्री शाहीले दैलेख , दुल्लु, रामागाड ,राकम हुँदै कालिकोट पुर्याउने उदेश्यका साथ बजेट बिनियोजन गर्नु भएको थियो । झण्डै ७० साल यता घरमा मिटर भएको तर मिटरमा बिधुत नअाए पछि अन्धकारमै बस्न बाध्य कालिकोट बासिका लागि हालका मुख्यमन्त्री धन्यवादका पात्र बनेका छन । नेपाल बिधुत प्राधिकरण कालिकोट बितरण केन्द्रले निरन्तरको पहलमा राष्ट्रिय प्रसारण लाईन कालिकोट बासिको घरघरमा रहेका खिया लागेका बिधुत मिटरमा पुर्याए पछि कालिकोट बिधुत प्राधिकरण बितरण केन्द्रका प्रमुख मेखराज जोशी र मुख्यमन्त्री शाहीको कालिकोट बासिले सामाजिक संञ्जालमा हाई हाई गरेका छन । बिधुत राष्ट्रिय प्रसारण लाईनमा जोडिए पछि अब बिधुतका कारण असहज बनेका सेवा सहज हुने छन । अब कालिकोट बासिले मोवाईल चार्जका लागि पालो कूर्ने बिधुतकै कारण सेवा लिन टावर खोज्न अग्लो ठाउँ खोज्न दौडिनु नपर्ने अपेक्षा गरिएको छ ।
शाही उर्जामन्त्री हुदा नै कालिकोटमा बिधुत नभए पनि ग्रामिण बिधुतिकरणको योजना अनुसार बिधुत लाईन तान्ने काम भैरहेकाले प्राय घरमा राष्ट्रिय प्रसारण लाईनको बिधुत पुगेको छ । उति बेलै दुरदर्सि योजनाका साथ सदरमुकाम राष्ट्रिय प्रसारण लाईन पुग्ने बित्तिकै सबै गाउमै पुर्याउन गाउँगाउँमा पोलिङ गर्ने काम नियमित भैरहेको थियो ।
सदरमुकाम जोडिएको प्रसारण लाईन यस अघिकै पोदमारा जलबिधुत आयोजनाको लाईन मार्फत घरघरमा पुर्याइने कालिकोट बितरण केन्द्रका प्रमुख मेखराज जोसिले बताउनु भयो ।कालिकाेटमा राष्ट्रिय प्रसारण लाइन जाेडे पछि कालिकाेट बिधुत प्रसारण केन्दकाे कार्यालयका करमचारीहरुले कार्यालयमा दिप प्रज्वलन गरि खुसि ब्यक्त गरेका छन ।






