Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

सांसदले मन लागेको ठाउँमा बस्न पाइँदैन : नेता कँडेल

सुर्खेत ।
कर्णाली प्रदेश सभाका सदस्यलाई मन लागेको ठाउँमा बस्न पाउने दलीय व्यवस्था नभएको प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलले बताउनु भएको छ । प्रदेश सभाको आठौं अधिवेशनको पाचौं बैठकमा बोल्दै नेता कँडेलले संसदमा सहभागी सदस्यले दलको ह्वीप बमोजिमको आचरणमा बस्नुपर्ने बताउनु भएको हो ।

‘संसदमा एमाले दुइटा छैन र हुँदैन । मन लागेको ठाउँमा बस्न पाउने दलीय व्यवस्था छैन् ।’ नेता कँडेलले भन्नुभयो, ‘त्यो अभ्यास शोभनिय छैन् । अदालतको फैसलाले पुर्नबहाली गरिसकेपछि दलको ह्वीप मान्नुपर्ने हुन्छ । सोही बमोजिमको आचरणमा बस्नुपर्छ ।’

दलको ह्वीप उलंघन गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन एमाले माधव पक्षका प्रकाश ज्वाला, अम्मर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरी विश्वासको मत दिएका थिए । जसमध्ये थापा, शाही र ज्वाला मन्त्री प्रदेश सरकारको मन्त्री पदमा नियुक्त हुनुभएको छ ।