Loading... आजः २४ पुष २०८२, बिहीबार । Thursday 8th January 2026
ताजा खबर
  

कर्णालीका पत्रकारलाई क्यामेरा र ल्यापटप खरिदमा पचास प्रतिशत अनुदान दिदै सरकार

सुर्खेत ।

कर्णाली प्रदेश सरकारले कर्णालीमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिद गर्नकालागि पचास प्रतिशत अनुदान दिने तयारी गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट प्रसताव गर्नुपूर्व संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका अध्यक्ष शेरबहादुर थापासँगको भेटघाटमा मुख्यमन्त्री शाहीले यो कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाएका हुन ।

‘यहाँहरुले उठाएको मागमध्ये कर्णालीका पत्रकारका लागि क्यामेरा तथा ल्यापटप खरिदमा हामी पचास प्रतिशत अनुदान दिने व्यवस्था गर्छौं । त्यसकालागि आवश्यक बजेट विनियोजना हुन्छ ।’ मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीमा कलम चलाउने पत्रकारका लागि लेखनवृत्ति दिन आवश्यक बजेट व्यवस्था गर्छौ । त्यो माध्यममा बढिमा एक सय जना पत्रकार हरेक वर्ष छनौट हुनेछन् ।

उनीहरुले प्रदेश सरकारका काम कारवाहीबारेमा आवश्यक स्टोरी लेखन गर्नुपर्नेछ ।’ मुख्यमन्त्री शाहीले नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र संसदीय मामिला पत्रकार समाजको क्षमता अभिवृद्धिका लागि आवश्यक बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष थापाले कर्णालीका पत्रकारलाई क्ष्मताअधिवृद्धि गर्न, उनीहरुलाई अन्तरप्रदेश पत्रकारिताको अध्ययन अवलोकन गर्ने व्यवस्था गर्न र विदेशमा छात्रवृत्तिमा पत्रकारिता अध्ययनकालागि आवश्यक व्यवस्था मिलाउन माग गरेको बताए ।

‘मुख्यमन्त्री ज्यूले अहिलेका लागि पत्रकारका मुख्य तीन माग बजेटमै सम्वोधन गर्ने प्रतिशद्धता जनाउनु भएको छ ।’ अध्यक्ष थापाले भने, ‘बाँकी कोरोना महामारी भएपछि पत्रकारका समस्या समधान गर्न सरकार प्रतिबद्ध रहने कुरा बताउनु भएको छ । बजेटमा यी कुरा समेटिएमा पत्रकारकालागि अत्यन्तै राहत हुने मेरो विश्वास छ ।’