Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

सुर्खेतका किसानलाई कृषि औजार वितरण

सुर्खेत ।
सुर्खेतमा व्यावसायिक किसानलाई कृषि उपकरण तथा औजार वितरण गरिएको छ । सुर्खेतको लेकवेशी नगरपालिका ४ दशरथपुरमा व्यावसायिक कृषकहरुलाई मिनिटेलर हर्स पावर वितरण गरिएको हो ।

No description available.
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री सिताकुमारी नेपालीले लेकवेशी दशरथपुरका कृषकहरुलाई व्यावसायिक खेती गर्नका लागी मिनिटेलर प्रदान गर्नुभयो । सांसदको प्रत्यक्ष निगरानी तथा सिफारिसमा लागु हुने कार्यक्रम भएकोले मन्त्री नेपालीले आफनो क्षेत्रको कार्यक्रम यहाँ संचालन गर्न सिफारिस गर्नुभएको थियो । कृषकलाई सामाग्री हस्तास्तरण गर्दै मन्त्री नेपालीले विपन्न समुदायको जीवनस्तर बदल्नका लागी सरकारले दलित तथा अति विपन्न समुदायका परिवारका लागी लक्षित वर्ग विशेष कार्यक्रम संचालन गरेको जानकारी दिनुभयो ।

कृषिलाई व्यावसायिक र आधुनिकीकरण गर्न प्रदेश सरकार लागेको बताउदै मन्त्री नेपालीले अनुदानलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । सरकारी अनुदान लिएर काम नगर्ने तथा अनुदानलाई दुरुपयोग गर्ने गरेको पाइएमा कारबाही पनि गरिने पनि नेपालीको भनाई छ । सरकारको अनुदानलाई सदुपयोग गरेर आफनो लगानी बढाइ आत्मनिर्भर वन्न कृषकहरुलाई आग्रह गर्नुभयो ।

No description available.
कर्णाली प्रदेश सरकारको भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आ.व. २०७७/०७८ को वार्षिक विकास कार्यक्रम अनुसार कर्णाली प्रदेश सभाका सदस्यहरुको प्रत्यक्ष निगरानी हुने गरि दलित अति विपन्न लक्षित वर्ग विशेष कार्यक्रम अन्तरगत कृषि औजार वितरण गरिएको कृषि विकास निर्देशनालयका प्रमुख चित्रवहादुर रोकायाले बताउनुभयो । रोकायाका अनुसार प्रदेश सरकारको ७५ प्रतिशत र समुदायको २५ प्रतिशत लगानी हुने कार्यक्रम संचालन गरिएको थियो । उक्त कार्यक्रमवाट दशरथपुरमा ७ हर्षपावरको १३ वटा मिनि टेलर, एक वटा रोटाभेटर तथा रु ५० हजार वरावरको तरकारीको विउ वितरण गरिएको प्रमुख रोकायाले जानकारी दिनुभयो । समुदायमा वसोवास गर्ने दलित तथा अति विपन्न परिवारलाई लक्षित गरेर कार्यक्रम संचालन गरिएको हो ।

दलित तथा अति विपन्न लक्षित वर्ग विशेष कार्यक्रम अन्तरगत सम्बन्धीत प्रदेश सांसदको सिफारिसमा सिंचाई संरचना निमार्ण, तरकारी खेतीका लागी पलाष्टिक टनेल निमार्ण, जमिन जोत्नका प्रयोग हुने मिनिटेलर तथा तरकारी खेती गर्नका लागी वजेटलाई कार्यान्वयन गरिएको कृषि विकास निर्देशनालयले जनाएको छ । कार्यालयका अनुसार दलित तथा अति विपन्न समुदायका घरपरिवारका लागी कृषि तर्फ सुर्खेतबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने १० जना प्रदेश सांसदको रु १० लाखका दरले रु एक करोड रकम कृषिमा खर्च गर्ने गरि विनियोजन भई आएको कृषि विकास निर्देशनालयका कार्यक्रम फोकल कृषि अधिकृत यामवहादुर रानाले जानकारी दिनुभयो ।

No description available.
कार्यक्रम संचालन कार्यविधिको उद्देश्य अनुसार सांसदको सिफारिसमा सिचाई संरचना निर्माण तीन वटा, तरकारी खेतीका लागी पलाष्टिक टनेल निर्माण पाँच वटा, जमिन जोत्नका प्रयोग हुने मिनिटेलरका एक वटा तथा तरकारी खेतीका लागी एक वटा कार्यक्रम संचालन गरिएको अधिकृत रानाले वताउनुभयो । फोकलपर्सन रानाका अनुसार भेरीगंगा नगरपालिका वडा नं. ५ , लेखवेशी नगरपालिका वडा नं. ४, वीरेन्द्रनगर नगरपालिका वडा न. २, ४ र १३, बराहताल गाउँपालिका वडा नं. ६, ७ र १०, सिम्ता गाउँपालिका वडा नं. ७ र गुर्भाकोट नगरपालिकाको वडा नं. ५ छनौट भइ कार्यक्रम कार्यान्वयन भइरहेका छन । प्रदेश सभाका प्रति सांसदका लागी कृषि मन्त्रालयले कृषि मा रु १० लाख र पशुसेवा तर्फ रु १० लाख विनियोजन गरेको थियो ।