Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

सुर्खेतमा एक हप्ता लम्ब्याइयो निषेधाज्ञा

सुर्खेत ।
सुर्खेतमा जारी निषेधाज्ञा एक हप्ता अर्थात असार १७ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

‘जिल्लामा संक्रमितको दर केही घटेपनि जोखिम कायमै छ, संक्रमणको चेन ब्रेक नभएसम्म निषेधाज्ञा थप्नु नै उत्तम भएकाले असार १७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भयो ।

उनका अनुसार यसअघि शनिबार बाहेक हरेक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्दै आएका पसलहरु अब ६ देखि २ बजेसम्म खुल्ने छन् । निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्थाहरु र सरकारी कार्यालयहरु पनि खोल्न पाइनेछ ।

यस्तै खाद्य सामग्रीका पसल, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक, भाँडा पसल, पुस्तक पसल, फेन्सी पसल, वर्कसप पनि सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ । होटल, रेष्टुरेन्ट र खाजा पसल भने पूर्णरुपमा बन्द हुनेछन् । तर, होम डेलिभरी भने गर्न दिइने प्रशासनले जनाएको छ ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा लगाइएको रोक भने कायमै राखिएको छ । सरकारी कार्यालयका कर्मचारीहरुले पनि बिहान ९ देखि १०ः ३० र बेलुका ५ देखि ५ः ३० बजेसम्म मात्रै सवारी साधन सञ्चालन गर्न पाउनेछन् । सुर्खेतमा वैशाख १५ गतेयता निषेधाज्ञा जारी छ ।