Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

भानुजयन्तीमा भानु विशेष कार्यक्रम

सुर्खेत ।
आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्तीका अवसरमा सुर्खेतमा भानु विशेष कार्यक्रम भएको छ । कर्णाली साहित्य समाजको आयोजनामा भएको भानु विशेष कार्यक्रममा स्रष्टाहरुले भानुको तस्वीरमा पुष्पगुच्छा अर्पण गर्दै भानुलाई स्मरण गरेका छन् ।

भानु विशेष कार्यक्रममा भानुप्रति श्रद्धासुमन व्यक्त गर्दै साहित्यकार एवम् उच्च अदालत सुर्खेतका का.मु. मुख्य न्यायधिस शेषराज सिवाकोटीले भानुले देखाएको साहित्यिक बाटोमा हिड्न सकेमा नेपाली भाषाको अझै विकास गर्न सकिने बताउनु भयो । सरकारीस्तरबाटै भानु जयन्तीमा विशेष कार्यक्रमहरु आयोजना हुनु पर्ने बताउँदै सिवाकोटीले भन्नुभयो, भानुले नेपाली भाषा र साहित्यको मात्र विकास गरेनन् नेपालका कुनाकाप्चामा समेत नेपाली साहित्यलाई पु¥याउने काम गरे ।

यसैगरी कार्यक्रममा वाङ्मय चौतारी नेपालका अध्यक्ष गणेशभक्त गौतमले भानुले नेपाली भाषा साहित्यको क्षेत्रमा दिनुभएको योगदानको चर्चा गर्नुभएको थियो । गौतमले भन्नुभयो, भारतको सिक्किम, दार्जिलिङ लगायतका स्थानमा भानु जयन्तीलाई पर्वका रुपमा मनाइन्छ तर नेपालमा एउटा सामान्य कार्यक्रम पनि संस्थागत गर्नुपर्ने हुन्छ सरकारी पक्षबाट खासै केही हुन सकेको छैन ।

कार्यक्रममा मीनराज पन्तले प्रतिनिधि मूलक कविता वाचन गर्नुभएको थियो भने उगुना शाही, बलिराज रोकाया, रमा केसी, विष्णुकुमार खड्का, सिद्धान्त शाहीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले गर्नुभएको थियो ।