थप २,९३६ जनामा कोरोना संक्रमण, ४३ संक्रमितको मृत्यु
काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ९ हजार ६१३ पीसीआर र ४ हजार ५६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै कुल संक्रमितको संख्या ६ लाख ६४ हजार ५७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यो सँगै देशभर संक्रमणमुक्त हुनेको संख्या ६ लाख २८ हजार २४३ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ।






