Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

“एक घर एक महिला खेलाडि” केन्द्रीय सदस्य बस्याल

सुर्खेत |

राष्ट्रिय कार्यकारी बोर्डको केन्द्रीय सदस्य नन्दा बस्यालले “एक घर एक महिला खेलाडि ” हुनु पर्ने बताएकी छिन । नेपाल तेक्वान्दो संघको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा बस्यालले यस्तो बताएकी हुन ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ नेपाल तेक्वान्दो संघको कार्यक्रममा बस्यालले यस्तो बताएकी हुन । पहिलेको तुलना महिलाहरुलाई हेर्ने दृष्टिकोण फरक भएपनि महिलाले आफ्नो हक, हित र शोषणबाट बच्नको लागि भएपनि खेल खेल्न एकदमै जरुरी बन्दै आएको बताएकी छिन । खेलका विषयमा केन्द्रले के गर्ला भन्ने भन्दा पनि अब हामीले के गर्ने र कसरी अगाडि बढाउने भन्ने विषय आवश्यक रहेको पनि बस्यालले बताइन् ।

आफनो घर आफै बनाउनु पर्छ भन्ने उद्देश्य अगाडि बढ्यो भने केन्द्रले पनि सहयोग गर्ने बस्यालको भनाई थियो बस्यालका अनुसार खेलकुदमा आउने हरेक गतिविधि र समस्या साधानका लागि आफु सधै खेल र खेलाडिका पक्षमा रहेको प्रतिवद्धता समेत व्यक्त गरिन् ।

यसैगरी आज भएको अधिवेशनबाट नेपाल तेक्वान्दो संघ सुर्खेतमा नयाँ खेलाडिहरु चयन भएका छन । अधिवेशनले विकास कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । यसैगरी उपाध्यक्षमा गणेश थापा, सचिवमा मनमोहन भट्टराई, कोषाअध्यक्षमा कल्पना शाही र सदस्यहरुमा विष्णु तिरुवा, नरजन शाही, भिम बहादुर रावत, कृष्ण तिवारी र सुष्मिता वि.क चयन भएका छन् ।

अधिवेशनमा जिल्ला तेक्क्वान्दो संघ सुर्खेतले राष्ट्रिय कार्यकारी बोर्डको केन्द्रीय सदस्य नन्दा बस्याल र खेल पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै भानुभक्त अधिकारीलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा तेक्वान्दो संघ कर्णाली प्रदेशका अध्यक्ष लक्षमण कडेल, सुर्खेत जिल्लाका प्रशिक्षक भुवन थापा, खेलकुदका अध्यक्ष चन्द्र कुमार गिरी, पवित्रा शाहीलगायतको उपस्थिति रहेको थियो ।