Loading... आजः १७ बैशाख २०८१, सोमबार । Monday 29th April 2024

मध्यपश्चिम विश्वविद्यालयमा जारी आन्दोलन सात बुदे सहमतिपछि फिर्ता

सुर्खेत |

मध्यपश्चिम विश्वविद्यालयमा जारी आन्दोलन सात बुदे सहमतिपछि फिर्ता भएको छ । विश्वविद्यलायका पदाधिकारी र आन्दोलनरत विद्यार्थीहरुविच सहमति भएपछि शनिवारदेखि नै लागु हुनेगरी आन्दोलन फिर्ता भएको हो ।

विश्वविद्यालयले उच्च स्तरीय समस्या समाधान समितिको संयोजक सह–प्रा।डा। लिलाधर तिवारीको अध्यक्षतामा वार्ता समिति गठन गरेको थियो । समिति र विद्यार्थीहरुविच भएको वार्तामा यसअघि स्थगन भएका परीक्षा दशैँ अगावै सक्ने सहमति भएको छ । तर परीक्षा दुई माध्यमबाट लिने सहमति पत्रमा उल्लेख ।

बैकल्पिक वा भौतिक उपस्थितिमै परीक्षामा सहभागी हुन परीक्षा व्यवस्थापन कार्यालयले पाँच दिनमै गुगल फर्म भर्ने व्यवस्था मिलाउन लगाइने छ । यस्तै, कोभिड–१९ अवधिको शिक्षण शुल्क मिनाह गर्ने, विश्वविद्यालयमा भर्ना भएका कुल विद्यार्थीको संख्याको साधारणतर्फ १७ प्रतिशत शुल्क विद्यार्थीलाई उपलव्ध गराउने र मंसिर मसान्तसम्म छात्रवृत्तिहरु वितरण गर्ने सहमति गरिएको छ ।

दीक्षान्त समारोह विश्वविद्यालयका ११ सभामा गर्ने, पुस्तकालय, ई–पुस्तकालय, प्रयोगशाला, निर्माणाधीन भौतिक संरचाहरुको निर्माण तथा स्तरोन्नति गर्न चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने र हाल कायम शुल्कलाई व्यवस्थित गर्न कार्यदल गठन गर्ने उल्लेख छ ।