Loading... आजः १२ आश्विन २०८३, सोमबार । Monday 28th September 2026

कर्णाली योजना आयोगले दिगो विकास लक्ष्य कार्यक्रम सप्ताह मनाउने

सुर्खेत ।
कर्णाली प्रदेशको योजना आयोगले दिगो विकास लक्ष्य कार्यक्रम सप्ताह मनाउने निर्णय गरेको छ । योजना आयोगका उपाध्यक्ष एवम् कर्णाली प्रदेश दिगो विकास लक्ष्य समन्वय तथा कार्यान्वयन समितिको पहिलो बैठकले कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रम सप्ताह २०७८ असोज १ गतेदेखि ११ गतेसम्म उत्साहजनक र परिणाममुखी रुपमा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले जानकारी गराउनु भयो ।

यसैगरी कर्णाली प्रदेश योजना आयोगको नेतृत्वमा कर्णाली प्रदेश दिगो विकास लक्ष्य प्रगति प्रतिवेदन २०७८ पुस मसान्त सम्ममा तयारी गरी प्रकाशन गर्ने र दिगो विकास लक्ष्यको प्रदेश मन्त्रालयमा आन्तरिकीकरण गर्न र स्थानीय तहमा वडास्तरसम्म स्थानीयकरण गर्न कार्यान्वयन समिति निर्माण गर्न पत्राचार गर्ने निर्णय समेत बैठकले गरेको छ ।

प्रदेश जिल्ला समन्वय समिति महासंघ प्रमुख, प्रदेश नगरपालिका महासंघ प्रमुख, विभिन्न, युएन एजेन्सी, कर्णाली प्रदेश गैरसरकारी संस्था महासंघ नेपालका प्रतिनिधिहरुको समेत सहभागिता रहेको बैठकमा प्रदेशका मन्त्रालयहरुबाट आफ्नो कार्यक्षेत्रको दिगो विकास लक्ष्यको स्थितिका बारेमा रिपोर्टिङ्ग गरिएको थियो भने बैठकले दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा उक्त निर्णयहरु गरेको हो ।

बैठक समितिका संयोजक डा. सर्वराज खड्काको अध्यक्षतामा बसेको थियो ।