Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरीमा शर्मा

सुर्खेत।  प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतले श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरीमा प्रहरी नायव निरीक्षक नाराण प्रसाद शर्मालाइ घोषित गरेको छ । इलकाप्रहरी कार्यालय जयनगर बर्दिया दरवन्दी भई हाल यस कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक नारायण प्रसाद शर्मा महिनाको सर्वोत्कृष्ट प्रहरु घोषित भएका हुन ।

शर्माले विभागिय मुल्य मान्यता आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपमा तल्लीन रहि उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरि अपाराथ अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुकोे भन्दै कार्यलयले सर्वोत्कृष्ट घोषणा गरेको हो ।

साथै शर्माले यस कार्यलयको मातहत जिल्लहरु समेतमा अपराध नियन्त्रण लागु औषथ बरामद र फरार प्रतिवादि पक्राउ गर्ने कार्यमा महत्वपूणर् भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशसनीय कार्य गरेको पनि कार्यालयले बतायो । सोहि अनुरुप कार्यालयले उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङ्कन गर्दै २०७८ साल श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो, शर्मा उपराध अनुसन्धनमा समेत अब्बल मानिन्छन् ।