Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

योजना आयोग सदस्य शाहीद्वारा राजीनामा

सुर्खेत ।

कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष केही बेरअघि राजीनामा बुझाएका हुन् ।

राजीनामा पेस गर्नुको कारणमा शाहीले नेपालको पछिल्लो राजनीतिक अन्यौलता, उतार चढाव र आफ्नै व्यवहारिक समस्या उल्लेख गरेका छन् ।

सीमित सुविधा तथा साधन स्रोतका बाबजुद कम्तीमा प्रदेशका महत्वपूर्ण योजनाहरू बनेकोमा सबैले गर्व गर्नुपर्ने उनले लेखेका छन् । प्रदेशका नीति तथा योजना निर्माणका कार्यमा स्वयम्सेवी रूपमा योगदान गर्न सधैँ तत्पर रहेको उनले बताएका छन् ।