अनाथ बालबालिकालाई जयन्तीको सहयोग
- 1.9Kshares
- Viber
- Facebook Messenger
सुर्खेत ।
अमेरिकामा रहेकी समाजसेवी जयन्ती थापाले दशैं अगाडि जाजरकोटमा रहेका अनाथ बालबालिकालाई खाद्य तथा शैक्षिक सामग्री सहयोग गरेकी छन् । जिल्ला सदरमुकाम खलंगाको थाप्ले स्थित नेपाल आमा अनाथाश्रममा रहेका २५ जना बालबालिकाहरुलाई २१ हजार बराबरको खाद्य तथा सामग्री सहयोग गरेकी हुन् ।
अमेरिकामा रहेकी थापाले पठाएका सहयोग सामग्रीहरु नेपाल पत्रकार महासंघ जाजरकोटका पूर्वअध्यक्ष जनक केसीले हस्तान्तरण गरेका छन् । जसमा १ सय २५ केजी चामल, १० केजी दाल, १० लिटर तेल तथा भलिबलहरु, ब्याटमेन्टनका ब्याटहरु, कर्कहरु, कापी कलमहरु र केही पुस्तकहरु छन् ।
विदेशमा रहेर पनि नेपालमा समाजसेवाका क्षेत्र क्षेत्रमा दुःखी, गरिब तथा असहायहरुका लागि विभिन्न समयमा विभिन्न स्थानहरुमा जयन्तीले सहयोग गरिरहेकी छन् ।
- Total: 1.9K
- Viber
- Facebook Messenger