Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार । Tuesday 21st May 2024

सुर्खेतमा एमालेको अधिवेशन तोकिएको समयमा नहुने

सुर्खेत ।

नेकपा (एमाले) सुर्खेतको वडा र पालिका अधिवेशन तोकिएको समयमा नहुने भएको छ । एमाले जिल्ला कमिटी सुर्खेतले प्राविधिक कारण देखाउँदै अधिवेशन तीन दिन पछि सारेको हो ।

एमालेले आज देशभर वडा अधिवेशन गर्दैछ । तर सुर्खेतमा भने कात्तिक ९ गते मात्रै वडाधिवेशन हुने एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले जानकारी दिए । त्यस्तै कात्तिक १५ गते पालिका अधिवेशन गर्ने तयारी भएको शाहीले बताए ।

यसअघि पार्टीले वडा अधिवेशनको लागि कात्तिक ६ र पालिका अधिवेशनको लागि ९ गते समय तोकेको थियो ।

अधिवेशनको थप तयारीका लागि भन्दै एमाले सुर्खेतले आज (शनिबार) जिल्ला कमिटी बैठक बोलाएको छ । जिल्ला कमिटी बैठकले अधिवेशन सम्पन्न गर्नका लागि समन्वय र सहजीकरण गर्ने प्रतिनिधिहरु तोक्नेछ।