Loading... आजः २४ जेष्ठ २०८३, आईतवार । Sunday 7th June 2026
ताजा खबर
  

सुन चाँदीको मूल्य बढ्यो

काठमाडौं ।

सोमबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा दुई सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य ९३ हजार ४ सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुन ९३ हजार ७ सय र तेजावी सुन ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आइतबार १,२६० रुपैयाँमा कारोबार भएको चाँदीको कारोबार मूल्य सोमबार १,२७० रुपैयाँ कायम भएको छ ।