Loading... आजः ९ फाल्गुन २०८२, शनिबार । Saturday 21st February 2026
ताजा खबर
  

निजी वनका लागि कानूनी जटिलता हटाउन पैरवी

सुर्खेत |

पारिवारिक निजी वन अर्थात व्यक्तिगत स्वामित्वमा रहेको वनबाट उत्पादित काठ र जडिबुटीको बिक्री वितरणमा सहज बनाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । पारिवारिक निजी वन कर्णाली प्रदेश समितिले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

‘आफ्नै बारीमा फलेको टिमुर र ओखर समेत सहज रुपमा बिक्री गर्न दिँदैन’ पारिवारिक निजी वन संघका केन्द्रीय उपाध्यक्ष एवम् कर्णाली प्रदेश इन्चाज ऋषि अधिकारीले भने, ‘नागरिकको आर्थिक समृद्धिका लागि निजी बनबाट उत्पादित बस्तुलाई बिक्री वितरणमा सहज बनाउनु पर्दछ ।

’ निजी जग्गामा लगाइएका काठ काट्न र बिक्री वितरणमा राज्यबाट अनुमति लिनुपर्ने प्राबधान हटाउनुपर्ने र जंगलबाट उत्पादित बस्तु सहज रुपमा बिक्री वितरणमा गर्न पाउनुपर्ने उनको भनाई थियो । व्यक्तिगत स्वामित्वमा बनबाट उत्पादित बस्तु बिक्री वितरणमा सहज बनाएर पारिवारिक निजी बनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने पारिवारिक निजी वन कर्णाली प्रदेशका सचिव विन्दुलाल रेग्मीले बताए ।

निजी बनबाट उत्पादित बस्तु बिक्रीबाट बार्षीक १६ करोड राजश्व तिरेको भन्दै उनले उत्पादित बस्तुलाई बिक्री विरणमा सहज बनाए आर्थिक समृद्धिमा सहयोग पुग्ने बताए । सीआईएसयुको आर्थिक सहयोगमा भएको प्रदेशस्तरिय कार्यशाला गोष्टीमा विभिन्न जिल्लाका पारिवारिक निजी बन उपभोक्ताहरुको सहभागिता रहेको थियो ।