Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

मुख्यमन्त्री शाहीले लिए विश्वासको मत

पक्षमा २२ विपक्षमा शुन्य, प्रमुख प्रतिपक्ष दल विना नै संसद संचालन

सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिएका छन् । कर्णाली प्रदेशको मुख्यमन्त्री भएको २९ औं दिनमा उनले विश्वासको मत लिएका हुन् ।

प्रदेश सभाको बैठकमा उनले विश्वासको मत मागेका थिए । नेकपा एमालेको १० औं महाधिवेशनका कारण एमालेका सांसदहरु कोही पनि उपस्थित थिएनन् । नेपाली काँग्रेस, माओवादी केन्द्र र समाजवादीको गठबन्धनबाट मुख्यमन्त्री बनेका शाहीले प्रदेश सभामा २२ मत प्राप्त गरेका छन् भने विपक्षमा शून्य मत रहेको प्रदेशका सभामुख राजबहादुर शाहीले घोषणा गरेका थिए ।

हिजो १४ गते विश्वासको मत लिने तयारी भएपनि एक दिनका लागि प्रतिपक्षका सांसदहरुलाई पर्खेको र संवैधानिक व्यवस्था अनुसार प्रतिपक्ष विना नै संसद चलेको बताइएको छ ।