समाजवादी प्रेस संगठन सुर्खेतमा राना
सुर्खेत ।
नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनको सुर्खेत शाखाको अध्यक्षमा देवबहादुर राना चयन हुनु भएको छ । प्रथम जिल्ला भेलाले रानालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

यसैगरी उपाध्यक्षमा युवराज पंगाली र चन्द्रा कँडेल, सचिवमा रजनी योगी, सहसचिवमा शंकरकिशोर अभय र कल्पना ढेङ्गा मगर, कोषाध्यक्षमा ओमबहादुर शाही चयन हुनु भएको छ । सदस्यहरुमा गोपालप्रसाद शर्मा, बसन्त वि.क., आरती चौधरी र कालिबहादुर बोहोरा चयन हुनु भएको समाजवादी प्रेस संगठन सुर्खेतका सचिव रजनी योगीले बताउनु भयो ।
जिल्ला भेलामा केन्द्रिय उपाध्यक्ष दुर्गा थापा सदस्यहरु सूर्यप्रकाश कँडेल, दीपक बुढा, अम्मर सुनार लगायतको उपस्थिति थियो भने कार्यक्रमको सहजीकरण ललित बुढाले गर्नुभएको थियो ।







