Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

गठबन्धनका आधिकारिक उम्मेदवारलाई जिताउने सहमति (विज्ञप्तिसहित)

सुर्खेत ।
सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा गठबन्धनका आधिकारिक उममेदवारलाई जिताउने निर्णय गठबन्धनमा सम्मिलित दलहरुले गरेका छन् । हर्षविक्रम खड्काको नेतृत्वमा भएको प्यानल नै गठबन्धनको प्यानल आधिकारिक प्यानल भएकाले कोही मतदाता भ्रममा नपर्न भनिएको छ । उता लक्ष्मण कँडेलको प्यानलमा रहेका गठबन्धन समर्थकहरु समेत खड्का प्यानलमा आएपछि खड्का प्यानल अझ बलियो भएको छ ।

सुर्खेत उद्योग वाणिज्य संघको आउँदो वैशाख ४ गते हुने निर्वाचनमा कँडेल समूहबाट उम्मेदवारी दिएका भनिएका उम्मेदवारहरु समेत गठबन्धन साझा व्यावसायी प्यानलमा लागेको विज्ञप्ति मार्फत जनाइएको छ । विज्ञप्तिमा भनिएको छ ‘सामाजिक सञ्जालहरुमा प्रकाशित भएको भएपनि कँडेलको समूहमा आफूहरुको संलग्नता नरहेको जानकारी गराउँदछौ ।’ उनीहरुले भनेका छन् ‘व्यावसायिक हक हितका लागि कोही कतै भ्रममा नपरी हर्षविक्रम खड्काको प्यानललाई मतदान गरी निर्वाचित गराउन अनुरोध गर्दछौ ।’

जसमा महिला सदस्यका उम्मेदवार हिमाकुमारी उपाध्याय, खुला सदस्यका उम्मेदवार बिर्ख बडुवाल र पलसिंह बस्याल रहेका छन् भने उपमहासचिव पदमा पूर्णदेव अधिकारी आधिकारिक उम्मेदवार रहेकोले कोही भ्रममा नपर्न भनिएको छ ।

No description available.