Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

हर्षविक्रम खड्का प्यानललाई मतदान गर्न पूर्वपदाधिकारीहरुको आह्वान

सुर्खेत ।

यही वैशाख ४ गते हुने सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा हर्षविक्रम खड्काले नेतृत्व गरेको प्यानललाई मतदान गर्न सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा पदाधिकाहरुहरुले आह्वान गरेका छन्। शुक्रबार विज्ञप्ती जारी गर्दै पूर्व पदाधिकारीहरुले संस्थालाई अझ गतिशिल, प्रभावशाली र समुन्नत गर्न खड्का नेतृत्वको प्यानललाई मतदान गर्न उद्योगी तथा व्यवसायीहरुलाई आह्वान गरिएको हो।


‘यो संस्थालाई अझगतिशील, प्रभावशाली र समुन्नत गर्नुपर्ने बेला आएको छ, तर विडम्बना अहिले व्यवसायीको ठूलो संख्या संघमा आवद्ध हुनबाट वन्चित भएका छन्,’ पूर्वपधाधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यही अवस्थामा संघको नयाँ नेतृत्व चयनको लागियही वैशाख ४ गते निर्वाचन हुँदैछ, निवर्तमान कार्य समितिमा वरिष्ठ उपाध्यक्ष रहेर नेतृत्व विकास गरिसक्नुभएका हर्षविक्रम खड्का नेतृत्वको प्यानल सक्षम रहेको विश्वास व्यक्तगर्दै उक्त प्यानललाई आप्mनो अमूल्य मतदान गर्नहुन सम्पूर्ण मतदातामा हार्दिक आह्वान गर्दछौं।’

संघले सुर्खेतको आर्थिक, सामाजिक र राजनीतिकविकास तथा परिवर्तनमा खेलेको भूमिका गौरवपूर्ण रहेको भन्दै यसलाई निरन्तरता दिन पनि खड्का समूहलाई मतदान गर्न पूर्वपधाधिकारीहरुले आह्वान गरेका छन् ।

सामूहिक रुपमा जारी गरिएको विज्ञप्तिमा पूर्वअध्यक्षहरु निरक केसी, पदमबहादुर शाही, प्रकाश अधिकारी पूर्व वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेती, पूर्वमहासचिव मदनबहादुर खड्का, रामकृष्ण लामिछाने र पूर्वसचिव उदिराम डाँगीले हस्ताक्षर गरेका छन्।

अहिलेको निर्वाचनमा खड्काको नेतृत्वमा वृहत लोकतान्त्रिक साझा व्यावसायिक समूह र लक्ष्मण कँडेलको नेतृत्वमा संयुक्त व्यावसायिक प्यानल चुनावी मैदानमा उत्रिएका छन्।