Loading... आजः २ बैशाख २०८१, आईतवार । Sunday 14th April 2024

शिक्षा क्षेत्रका लागि मल्लले गरिन् करोड भन्दा बढि दान

सुर्खेत ।
सुर्खेत क्याम्पस (शिक्षा) हालको सुर्खेत  बहुमुखी क्याम्पसको रुपमा रहेको त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसमा कमला मल्लले १ करोड भन्दा बढि पैसा दान गर्नुभएको छ ।

No description available.
कमला मल्लको आर्थिक सहयोगमा निर्माण भएको नवनिर्मित भवन

दैलेखको काँशीकाँध ६ वडावन हालको महाबु ५ मा २०१० मा माता गौरी शाह र पिता भद्र बहादुर शाहीको छोरीको रुपमा जन्मनु भएकी कमला मल्लले समाजसेवा भन्दा अरु ठूलो केही नभएकाले आफूले शिक्षा मार्फत समाजसेवा गर्ने लक्ष्यका साथ सुर्खेत बहुमुखी क्याम्पसमा गरिब तथा असाहायहरुले पढ्न पाउन, उनीहरु शिक्षाबाट बञ्चित हुन नपसरोस् भन्ने लक्ष्य राखेर दान गरेको बताउनु भयो ।

शिक्षा आर्जन गर्न चाहाने तर आर्थिक रुपमा विपन्न विद्यार्थीहरुलाई छात्रबृत्ति मार्फत पठनपाठन होस् भन्ने हेतुले २५ लाख एक हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ भने ७८ लाख २८ हजार ८८२ रुपैयाँको भवन निर्माण गरिएको छ । हामीसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘सबैका लागि हुने केही काम गरौं भन्ने लागेको थियो त्यसमा पनि शिक्षाको क्षेत्रमा सहयोग गर्ने इच्छा पूरा भएको छ । आफ्नो जग्गा बेचेर भएपनि सहयोग गरे । जसले एकातिर विद्यार्थीको पढाइमा सहयोग पुग्नेछ भने अर्कोतिर आफ्ना दिवंगत पतिको नामबाट यो सहयोग गर्दा मलाई पनि सन्तुष्टि मिलेको छ उहाँले भन्नुभयो ।

No description available.
कमला मल्ल

विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनु भएकी मल्लले सुर्खेतमा रहेको क्याम्पसमा सहयोग गरेमा जन्मभूमि दैलेखका विद्यार्थीहरु समेत पढ्न पाउने भए, अक्षयकोषबाट आउने व्याजको कार्यान्वयनको लागि कार्यविधि नै बनाइएको छ मल्लको कथन थियो ।

भवन निर्माण भइसकेको छ भने आजै भवन क्याम्पसलाई हस्तान्तरण गर्ने तथा मल्लका पति स्व. भीमबहादुर मल्लको शालिक समेत अनावरण गर्ने कार्यक्रम भएपनि प्राविधिक कारणले भवन हस्तान्तरण तथा शालिकको अनावरण गर्ने कार्य रोकिएको क्याम्पस प्रमुख माधव खनालले जानकारी दिनुभयो । अर्को दिन कार्यक्रमको आयोजना गरेर हामी कार्यक्रम सम्पन्न गर्छौ क्याम्पस प्रमुख खनालले बताउनु भयो