Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

वडा नं. १२ का जनप्रतिनिधिले सरकारी सवारी साधन प्रयोग नगर्ने

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का जनप्रतिनिधिहरुको चौथो वैठक सम्पन्न भएको छ । वैठकमा वडाअध्यक्ष चुडामणी चपाईसहित कुनैपनि जनप्रतिनिधिहरुले सवारी साधन प्रयोग नगर्ने निर्णय गरेका छन् । वडाका जनप्रतिनिधिहरुले सरकारी साधन प्रयोग नगर्ने निर्णय गरेको वडासचिव उत्तम अधिकारीले बताए ।

वडाका जनप्रतिनिधिहरुले सरकारी सवारी साधनको प्रयोग गरेर त्यसको दुरुपयोग भएका खबरहरु छुयाप्प छ्याप्ती आइरहेका छन् तर उनीहरुले सरकारी काममा समेत आफ्नै सवारी साधनको प्रयोग गर्ने निर्णय गरेका हुन् ।

जनप्रतिनिधिहरु पदभार गर्न ढिला सरकारी सवारी साधन प्रयोगमा तम्सिने गरेको बेलामा १२ नं. वडाका जनप्रतिनिधिहरुले गरेको यो निर्णय सरकारी सम्पत्तिको संरक्षणका लागि केही हदसम्म भएपनि उदाहरणीय बन्ने भएको छ ।