असार १ गते राप्रपाले जनप्रदर्शन गर्ने
सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले यही आउँदो असार १ गते सुर्खेतमा विरोध प्रदर्शन गर्ने भएको छ । देशमा बढिरहेको महंगी ,असुरक्षा , हत्या ,बलात्कार , भ्रष्टाचार , र मुल्यवृद्धिका विरुद्ध जनप्रदर्शनसहितको विरोध कार्यक्रम गर्न लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतका अध्यक्ष कविराम पुरीले जानकारी दिए ।

पछिल्लो समयमा सरकारले शान्ति सुरक्षा, अमनचयन, भ्रष्टाचार अन्त्य र जनजीवनलाई सामान्य हुने गरी वस्तुको आयात निर्यात गर्नुपर्नेमा सरकारले त्यसो गर्न नसकेको भन्दै विरोध गर्न लागिएको पुरीको भनाई छ ।
असार १ गते विहान ११ बजे मंगलगढी चोकबाट हुने जनप्रदर्शनमा पार्टीका विभिन्न नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पुरीले बताए ।






