Loading... आजः ३ बैशाख २०८३, बिहीबार । Thursday 16th April 2026
ताजा खबर
  

कर्णाली प्रदेशको बजेट रु ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार प्रस्तुत

सुर्खेत ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९–०८० का लागि रु ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ । बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालु आर्थिक वर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन् ।

जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख  २४ हजार अर्थात ५९.५८ प्रतिशत रहेको छ भने चालुतर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८.११ प्रतिशत बजेट रहेको छ ।