Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

सुर्खेतमै पहिलो पटक क्याननका प्रिन्टरमा एक्सचेन्ज अफर

सुर्खेत आइटी सेन्टरको दशैं तिहार योजना

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको सुर्खेत आइटी सेन्टरले पहिलो पटक प्रिन्टरमा एक्सचेन्ज अफर गर्न लागेको छ । देशकै प्रमुख चार्ड दशैलाई मध्यनजर गरेर सुर्खेत आइटी सेन्टरले यस्तो एक्सचेन्ज अफर ल्याएको आइटी सेन्टरका सञ्चालक पूर्णदेव अधिकारीले जानकारी दिए ।


उनले भने ग्राहकको सुविधालाई मध्यनजर गरेर हामीले दशैंका लागि आकर्षक अफर ल्याएका छौ । ‘क्यानन’ व्राण्डको कुनैपनि पुरानो प्रिन्टरको उचित मूल्याङ्कन गरी लिने तथा नयाँ प्रिन्टरसँग साटफेर गर्न सकिनेछ । यसैगरी सचालक अधिकारीका अनुसार नेपालका लागि क्याननको आधिकारिक वितरक इन्टरनेशनल कर्पोरेशन (आइइसी) को प्राविधिक सहयोग तथा सुर्खेत आइटी सृन्टरको समन्वयमा निशुल्क प्रिन्टर मर्मत क्याम्प यही असोज २ र ३ गते संचालन हुनेछ ।

यसका साथै दशैं तिहार धमाका अन्र्तगत ‘आसुस’ कम्पनीको ल्यापटप खरिद गर्ने एक सय जना मध्ये एक जनालाई बम्पर उपहार स्वरुप आसुस ल्यापटप दिने योजना सेन्टरले सार्वजनिक गरेको छ । यस्तै, हरेक ल्यापटपमा दुई वर्षको वारेन्टी रहने छ भने ल्यापटप व्याग र माउस निःशुल्क उपलब्ध गराईने अधिकारीले बताए ।

यस्तै, क्याननको प्रिन्टर खरिदमा समेत बम्पर उपहारको व्यवस्था छ । ५० जना खरिदकर्तामध्ये एक जनालाई क्यानन प्रिन्टर उपलब्ध गराईने सञ्चालक अधिकारीको भनाई छ ।

यस्तै, लुमिनस व्राण्डका व्याट्री तथा इन्र्भटर सेट खरिदमा ४० प्रतिशत छुटको व्यवस्था छ भने जडान निःशुल्क गरिने अफर दिइएको छ ।