Loading... आजः २१ आश्विन २०८३, बुधबार । Wednesday 7th October 2026

छोरीको जन्मदिनमा अक्षयकोष बृद्धि

सुर्खेत ।
हाल अमेरिकामा रहेकी युवा समाजसेवी जयन्ती थापाले आफ्नी छोरी सुजन चन्दको जन्मदिनको अवसरमा अक्षयकोषमा बृद्धि गरेकी छन् । वीरेन्द्रनगरको जनजागृत आधारभूत विद्यालय पदमपुरमा जयन्ती थापाले स्थापना गरेको धर्म–पार्वती अक्षयकोष १ लाखको रहेको थियो भने जयन्तीले छोरी सुजन चन्दको २२ औं जन्मदिनको अवसरमा रु २५ हजार थप गरेर १ लाख २५ हजार पु¥याएकी हुन् ।

No description available.
परिवारका सदस्यहरुको जन्मदिनको अवसरमा कुनै न कुनै समाजसेवाको काम गर्ने जयन्तीले यसपटक अक्षयको बृद्धि गरेको बताइन् । उनले स्थापना गरेको अक्षयकोषबाट असहाय बालबालिकाहरुलाई पढाई लेखाइमा मद्दत पुगेको विद्यालयका प्रधानाध्यापक ज्ञानु शर्मा गैरेले बताइन् ।

No description available.
गैरेले भनिन्, हाम्रो विद्यालयमा जयन्तीको सहयोगबाट असहाय बालबालिकाहरुले पढ्न पाएका छन् भने अन्य भौतिक सामग्रीहरुमा समेत सहयोग भएको छ । कहिले विद्यार्थीलाई शैक्षिक सामग्री त कहिले विद्यालयलाई भौतिक सामग्रीका साथ अक्षयकोषको समेत स्थापना गरेर जयन्तीले शिक्षाका क्षेत्रमा उदाहरणीय कार्य गरेकी छन् ।’ जयन्ती अमेरिकामा रहेकाले उनका मातापिता पार्वती थापा तथा धर्मजंग थापाको हातबाट विद्यालयलाई अक्षयकोष बृद्धिका लागि नगद प्रदान गरिएको थियो ।

No description available.
केही दिन अगाडि मात्र डोटीमा केन्द्रविन्दु् बनाएर गएको भू–कम्पबाट पीडितहरुका लागि पनि तत्काल राहत होस् भन्ने उद्देश्यले १५ हजार २ सय २६ नगद सहयोग गरेकी थिइन् । समाजमा भएका दैविक विपत्तिबाट पीडितहरुका साथै असहाय बालबालिका र शिक्षा तथा स्वास्थ्यसँगै कला साहित्यको क्षेत्रमा समेत जयन्तीले सहयोग गर्दै आइरहेकी छन् ।