Loading... आजः ४ जेष्ठ २०८३, सोमबार । Monday 18th May 2026
ताजा खबर
  

कर्णाली प्रदेश सभा सदस्यले लिए पद तथा गोपनीयताको सपथ

सुर्खेत ।

कर्णालीका नवनिर्वाचित सांसदहरुलाई सोमबार प्रदेश सभा सदस्य विनोदकुमार शाहबाट पद तथा गोपनियताको शपथ ग्रहण लिएका छन्।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य शाहले शपथ खुवाएका हुन्।

शाहलाई भने शपथ सोमबार बिहान साढे ११ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट शपथ लिएका थिए। शाह ६६ वर्षका भए।

४० सदस्यि कर्णाली प्रदेश सभामा २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका हुन्।

कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १/१ जना सांसद रहेका छन्। एक जना स्वतन्त्र सांसद छन्।