Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

भष्ट्राचार बिरूद्ध राप्रपा सुर्खेतको प्रर्दशन, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

सुर्खेत ।
नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार बिरुद्ध निस्पक्ष छानबिन गरि कार्बाहीको दायरामा ल्याउन सरकार सँग माग गर्दै राप्रपा सुर्खेतले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापन पत्र बुझाएको छ।

No description available.
राप्रपा पार्टी अफिस अगाडी भेला भएर भष्ट्राचार बिरूद्ध को नाराजुलुस प्रदर्शन गर्दै कुनैपनि हालतमा दोषीलाई कार्बाहीको दायरामा ल्याउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो। राप्रपाले भष्ट्राचारी होशियार,,कालोबजारी होशियार ,गणतन्त्र चाहिदैन, देश बेच्न पाइदैन , संघियता खारेज गर लगायतका नारा सहित शान्तिपूर्ण प्रदर्शन गरेको थियो।

No description available.

कार्यक्रममा राप्रपाका केन्द्रीय उपाध्यक्ष मुकुन्द श्याम गिरी , जिल्ला अध्यक्ष कबिराम पुरी, केन्द्रीय सदस्य जनक सिंह , नेताहरु मान ब. खड्का , प्रेम बिसी, सुर्य शाही , अन्जु बस्याल सहित केन्द्र, प्रदेश, जिल्ला लगायत अन्तर्गतका सबै तहका नेता सबै तहका वर्गीय सङ्गठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।