Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

आधारभूत कर्मकाण्ड प्रशिक्षण सम्पन्न

सुर्खेत ।
ब्राह्मण समाज नेपाल सुर्खेत जिल्ला कार्य समितिको आयोजना तथा वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ को आर्थिक सहयोगमा आयोजना गरिएको आधारभूत कर्मकाण्ड प्रशिक्षण सम्पन्न भएको छ ।

No description available.
प्रशिक्षण समापन समारोहमा बोल्दै वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष शेरबहादुर केसीले भने, ‘सबै भाषा, धर्म, संस्कृतिको संरक्षण र सम्वद्र्धनको आवश्यक छ । त्यसमा पनि वेदले निर्दिष्ट गरेका वैज्ञानिक तथ्यहरुको संरक्षण गर्नु आजको मूलभूत आवश्यक हो । समाजलाई सुधार गर्दै लैजानका लागि शिक्षाको खाँचो छ । त्यसलाई परिपूर्ति गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्दछ ।

No description available.
कार्यक्रममा वडासदस्य अम्मरबहादुर कार्कीले आफ्नो शुभकामना मन्तव्यको क्रममा भने, धर्मका नाममा हुने उछृङृखलतालाई रोक्नका लागि यथार्थ ज्ञान हुनुपर्दछ । जसका लागि यो प्रशिक्षण कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास लिएको छु ।

No description available.
प्रमुख प्रशिक्षक नारायण प्रसाद तिमिल्सिनाले ब्राह्मणहरुले सिकेर मात्र कर्मकाण्ड गर्नु पर्ने र यजमानले पनि ब्राह्मणको स्तरीयताको बारेमा ख्याल गर्न आवश्यक भएको बताए । उनले भने, कर्मकाण्ड गर्ने नाममा जे पायो त्यही गर्नका कारण आज वैदिक सनातन धर्म माथि नै आक्रमण हुन थालेको छ । यो चिन्ताको विषय हो । त्यसलाई सुधार गर्नका लागि शिक्षा प्राप्त गर्न जरुरी भएकाले यो आधारभूत प्रशिक्षणको आयोजना गरिएको हो । नजानेको कुरा जानेको छैन भन्न लाज मान्न नहुने बताउँदै तिमिल्सिनाले भने, ‘केवल आधारभूत शिक्षाले मात्र कर्मकाण्ड पूरा नहुने भएकाले यसलाई पूरा गर्नका लागि सबै तह र तप्काको सहयोगको खाँचो छ ।’

No description available.
अर्का प्रशिक्षक विष्णुप्रसाद गौतमले कर्मकाण्ड भनेको केवल कमाई खाने भाँडो नभई यसले समाज सुधारमा समेत सहयोग पुग्ने भएकाले यसलाई सही ढंगबाट प्रयोग गर्नुपर्ने बताए ।

No description available.
नेपाल ब्राह्मण समाज सुर्खेतका अध्यक्ष तिलकराम चालिसेले ब्राह्मण भइसकेपछि वैदिक सनातनीको आचरण भित्र रहेर काम गर्नुपर्ने बताए । यसैगरी नेपाल ज्योतिष परिषद सुर्खेतका सचिव खगेन्द्र प्रसाद अधिकारीले कर्मकाण्ड गर्ने ब्राह्मणहरुले अनिवार्य रुपमा ज्योतिष विधाको समेत ज्ञान राख्न आवश्यक भएको बताउँदै ज्योतिष विधाले नै विभिन्न साइत, बेला र मुहूर्तहरु निष्र्दिट गर्ने भएकाले ज्योतिष विधाको ज्ञान विना कर्मकाण्ड अधुरो रहने बताए ।

No description available.
उमेश प्रसाद रेग्मीको सभापत्विमा भएको कार्यक्रममा वडा नं. ४ का सचिव शम्भुप्रसाद उपाध्याय, ब्राह्मण समाजका केन्द्रिय सदस्य धर्मराज उपाध्याय विभिन्न अग्रज ब्राह्मणलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण लालमणी उपाध्यायले गरेका थिए । उक्त कर्मकाण्ड प्रशिक्षण नेपाल ज्योतिष परिषद सुर्खेतका अध्यक्ष ज्यो. प. यामप्रसाद अधिकारी र सचिव ज्यो.प. खगेन्द्र प्रसाद अधिकारीले ज्योतिषको समेत प्रशिक्षण दिएको आयोजक संस्थाले जनाएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.