Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

जन्मदिनमा समाजसेवा, स्व. आमाको नाममा फाउण्डेशन

सुर्खेत ।
क्यान महासंघ कर्णाली प्रदेशका पूर्व अध्यक्ष तथा नेपाल तेक्वान्दो संघ कर्णाली प्रदेशका उपाध्यक्ष एवम् सुर्खेत आइटी सेन्टरका प्रोपराइटर पूर्णदेव अधिकारीले आफ्नो जन्मदिनमा समाजसेवा गरेका छन् । उनले स्व. आमा बत्तिसरा अधिकारीको नाममा बत्तिसरा फाउण्डेशन समेत संचालन गरेका छन् । उक्त फाण्डेशनबाट समाजसेवाका कार्यहरु गर्न सुरु गरेको बताउँदै आफूले दीनदुःखीहरुका लागि सक्दो सहयोग गर्दै जाने अधिकारीले बताए ।


२०११ साल असोज २९ गते दैलेखको कट्टिमा जन्म भएकी आमाको २०७१ साल कार्तिक २० गते स्वर्गारोहण भएको थियो ।

स्व. आमा बत्तिसरा फाउण्डेशनको तर्फबाट उनले हर्मन माइनर सेकेण्डरी विद्यालयलाई ७२ हजारको एसी प्रदान गरेका छन् भने नवजीवन परोपकार समाजलाई २१ हजार सहयोग गरेका छन् । यसैगरी आफ्नो जन्मदिनको अवसरमा वर्षेनी सहयोग गर्दै आएको प्रशान्ति वृद्धाश्रममा रहेका आमाबुबालाई खाजा तथा फलफूल वितरण गरेका छन् । उनी प्रशान्ति वृद्धाश्रम कार्यसमिति सदस्य समेत हुन् । विद्यालय क्षेत्रका साथै समाजका लागि योगदान गरेकोमा हर्मन माइनर सेकेण्डरी विद्यालय परिवार आभारी रहेको उक्त विद्यालयका प्रिन्सिपल हरिहर बस्नेतले बताए ।

No description available.

सुर्खेतका आइटी व्यावसायी अधिकारीले भने जन्मदिनको अवसरमा गरिने फजुल खर्च भन्दा आफूले गरेको सहयोगले थोरै भएपनि समाजसेवामा योगदान होस् भन्ने हेतुले अगाडि बढिरहेको बताए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.