Loading... आजः २१ असार २०८३, आईतवार । Sunday 5th July 2026
ताजा खबर
  

नेपाल बैंक लिमिटेडद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा कर्णाली प्रदेशका जिल्लाहरूमा वित्तीय साक्षरता कार्यक्रम

नेपाल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल मनी विक २०२५ को अवसरमा ‘Think Before You Follow, Wise Money Tomorrow’ भन्ने नाराका साथ २०८१ साल चैत्र ४ देखि १० गतेसम्म कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रम सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, र जुम्ला जिल्लाका विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको थियो। यस वित्तीय साक्षरता कार्यक्रममा बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगी सम्बन्धी सचेतना, तथा अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणाहरू सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।

नेपाल बैंक लिमिटेडका विज्ञहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रमबाट करिब ६०० जना विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित भएका छन्। यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूलाई वित्तीय अनुशासनको महत्व बुझाउन, सचेत रहन, र भविष्यमा बुद्धिमानीपूर्वक आर्थिक निर्णय लिन सहयोग पुग्ने नेपाल बैंकका अधिकारीहरूले बताएका छन् ।