Loading... आजः १२ पुष २०८२, शनिबार । Saturday 27th December 2025
ताजा खबर
  

चण्डीपाठ गरेर मनाइयो ज्योतिष दिवस

सुर्खेत ।
नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति सुर्खेतले सुर्खेतको प्रसिद्ध धार्मिकस्थल देउती बज्यै मन्दिरमा चण्डीपाठ गरेर ज्योतिष दिवस मनाएको छ ।


नेपाल ज्योतिष परिषद् सुर्खेतको आयोजना एवम् ब्राह्मण समाज नेपाल सुर्खेत र नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेश समितिसँगको समन्वयमा देउती बज्यै मन्दिरमा दुई दर्जन बढी ब्राह्मण ज्योतिषहरुले पूर्ण चण्डीपाठ गरेर ज्योतिष दिवस मनाइएको हो ।


नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपाध्यक्ष विकास पौडेलको प्रमुख आतिथ्यतामा ज्योतिष दिवस मनाइएको छ । नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेश अध्यक्ष डा. गौरीशंकर शर्मा ब्राह्मण समाजका कर्णाली प्रदेश अध्यक्ष हरिप्रसाद सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने चण्डपाठको पूर्वसन्ध्यामा देउती बज्यै मन्दिरमा वैदिक विधिपूर्वक पूजाआजा गरिएको थियो ।
चैत्र शुक्ल प्रतिपदालाई ज्योतिष दिवसका रुपमा मनाउन थालिएको हो । चैत्र प्रतिपदाबाटै वत्सरारम्भ हुने नयाँ संवत्सरको सुरुवात हुने भएकाले ज्योतिषसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुले चैत्र शुक्ल प्रतिपदालाई ज्योतिष दिवसका रुपमा मनाउन थालेका हुन् ।