Loading... आजः १२ पुष २०८२, शनिबार । Saturday 27th December 2025
ताजा खबर
  

कर्णाली प्रदेश खेलकुद परिषद्काे सदस्य सचिवका लागि दरखास्त आह्वान

सुर्खेत ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत खेलकुद महाशाखाले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव पदका लागि योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको छ । मन्त्रालयले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ को दफा १२ बमोजिम गठन भएको उपदफा समितिको सिफारिसका लागि उक्त पद खुला गरेको हो ।

सूचना पहिलोपटक मिति २०८२ मंसिर ९ गते प्रकाशित गरिएको छ । इच्छुक उम्मेदवारले १५ दिनभित्र, अर्थात् मंसिर २३ गतेसम्म, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद महाशाखामा दरखास्त दर्ता गराउन सक्नेछन् । मन्त्रालयले तोकेको मापदण्डअनुसार सदस्य सचिवका उम्मेदवारले देहायका योग्यता र अनुभवअनुसार हुनुपर्नेछ ।

नेपाली नागरिक हुनु पर्ने,कर्णाली प्रदेशको स्थायी बासिन्दा हुनु पर्ने, उमेर २५ वर्ष पूरा भएको, मान्यता प्राप्त शिक्षण संस्थारविश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण विदेशी शिक्षाको हकमा समकक्षता अनिवार्य, खेलकुद क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव,प्रचलित कानुनअनुसार कुनै प्रकारले अयोग्य नरहेको,

पेश गर्नुपर्ने कागजात

रखास्तसँगै उम्मेदवारले आफैँले प्रमाणित गरेका तल उल्लेखित कागजातहरू पेश गर्नुपर्नेछ । 

नागरिकताको प्रतिलिपि

कर्णाली प्रदेशमा बसाइसराइँ गरेको भए सोको प्रमाण

शैक्षिक प्रमाणपत्र (उच्च अध्ययन गरेको भए सो समेत)

राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा कम्तीमा ५ वर्षको खेलकुद अनुभव खुल्ने कागजात

राष्ट्रियर अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर सहभागिता वा पदक प्राप्त गरेको प्रमाण (यदि लागू भएमा)

सेवा सुविधा र छनौट प्रक्रिया

सदस्य सचिवको सेवा सुविधा कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ बमोजिम हुनेछ । छनौट प्रक्रिया कर्णाली प्रदेश खेलकुद परिषद् सदस्य सचिव सिफारिस सम्बन्धी मापदण्ड, २०८२ अनुसार अघि बढाइने मन्त्रालयले जनाएको छ । झुटा कागजात पेश गरेमा दरखास्त रद्द हुनेछ ।